२१ अंकले घट्यो नेप्से

काठमाडौं  : मंगलबार सेयर बजार परिसूचक नेप्से २१.२२ अंकले घटेको छ ।

यससँगै नेप्से परिसूचक १९ सय ५१.७९ को बिन्दुमा झरेको छ । निरन्तर आरोलो लागेको बजारमा मंगलबार कारोबार रकम भने एक अर्ब १९ करोड हाराहारी रहेको छ  ।

मंगलबार २२७ कम्पनीका ३२ लाख ९ हजार ९८३ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री भएको छ । जसमध्ये १७१ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य मात्रै बढेको छ ।

यस्तै एनएमबी हाइब्रिड फन्ड र सामुदायिक लघुवित्तको सेयर मूल्य झिनो अंकले बढ्यो । दोस्रो बजारमा धेरै गुमाउनेहरुमा सानिमा माई हाइड्रो, हिमालयन एभरेष्ट इन्स्योरेन्स र जोशी हाइड्रोपावर लगायत रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?