म्याग्देको मिन माविमा मेगा बैंकको वित्तीय साक्षरता

दमौली : तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित मिन माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरिएको छ । मेगा बैंक नेपाल लिमिटेड जामुने शाखाले बुधबार विद्यालयमा कक्षा १२ को व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
शिक्षक तथा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई बैंकिङ सेवा, शेयर लगानी तथा डिजिटल बैंकिङ सेवाका बारेमा सचेतना गराउने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम गरिएको मेगा बैंक नेपाल लिमिटेड जामुने शाखाका प्रबन्धक विश्वराज पौडेलले जानकारी दिए । व्यवस्थापन संकाय अध्ययनरत विद्यार्थी भविष्यमा बैंकिङ क्षेत्रसँग सम्बद्ध रहेकाले सामान्य प्रकारका बैंकिङ प्रणालीका बारेमा जानकार हुनुपर्ने भएकाले कार्यक्रममार्फत सुसूचित गराइएको उनले बताए ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै बैंकले सम्बन्धित विद्यार्थी र शिक्षकलाई सचेत बनाउन सहयोग पुगेको बताए । उनले यस्ता कार्यक्रम समय समय गर्नुपर्ने आवश्यकता आंैल्याए ।

विद्यालयका ५५ शिक्षक विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन बैंकका कर्मचारी अर्जुन घिमिरेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?