पोखराको रानीपौवामा ई–कमर्स साथीको शुभारम्भ

पोखरा  : नयाँ पुस्तालाई प्रविधिमा अभ्यस्त वनाउने र डिजिटलाईजेशन वनाउने उद्येश्य स्वरुप खोलिकाएको ई–कमर्सको पोखराको रानीपौवामा शुभारम्भ भएको छ ।

ई–कमर्स साथीको शुभारम्भ कार्यक्रमलाई उद्घाटन गर्दे प्रमुख अतिथीकन्या क्याम्पस पोखराका क्याम्पस प्रमुख शुरेश कुमार श्रेष्ठले  ई–कमर्स साथीको सेवा र गुणस्तर अत्यन्तै राम्रो भएको वताए । “युवाशक्तिले नै समाज परिवर्तनमा मुख्य भुमिका खेल्ने उदारहण हुन्, “श्रेष्ठले भने ।
मोवाईल एपको निर्माण, सप्टवेयरको डिजाईन, डिजिटल मार्केटिङ्ग, वेभसाईट डिजाईन, ग्राफिक डिजाईन, सोसल मिडिया म्यानेजमेन्टको काम गर्ने संस्थाले जनाएको छ । यसका अलवा डिजिटल मार्केटिङ्ग तालिम, वेभसाईट डिजाईन, डिजिटल पत्रकारिता, एफलाईट मार्केटिङ्ग, ईकमर्श विजनेश र ग्राफिक्स डिजाईन सम्वन्धि तालिम समेत दिनेछ ।

यसका साथै वस्तुको विक्री वितरणको प्रक्रिया पनि थालिएको संस्थाले जनाएको छ । गुणस्तर समानको विक्री तथा खरिद डिजिटल माध्यामवाट गरिनेछ । अवको प्रतिष्पर्धा भनेको प्रविधिको प्रतिष्पर्धा हो । यसमा टिक्नका लागी पनि प्रविधिको युगमा पुग्नुपर्ने संचालक विजय  कुमालले वताए ।

देश तथा विदेशका साथीहरु पनि विभिन्न माध्यामवाट सम्पर्कमा आएको वताउदै भौतिक कक्षा र अनलाईनवाट कक्षा दिईएको पनि अर्का संचालिक ममता शाहले वताईन ।

हालसम्म करिव २२०० जनालाई तालिम दिईएको र त्यसमा पनि ८६० जना योग्य व्यक्तिहरु उत्पादन भईसकेको समेत अध्यक्ष कुमालले वताए । यहाँवाट उत्पादन भएको जनशक्तिहरु दक्ष र स्वनिर्भर वनेको छ । यसमा नै गर्व लागेको छ । ८६ प्रतिशत व्यक्तिहरु पुन अन्य डिजिटल प्रविधिमा अभ्यस्त हुन सम्पर्कमा आएको हुदाँ पुन सम्पर्क नै आफनो सफलता भएको समेत वताए ।

विभिन्न प्रतिष्ठीत संस्थाको मोवाईल एपको निर्माण, सप्टवेयरको डिजाईन, डिजिटल मार्केटिङ्ग, वेभसाईट डिजाईन, ग्राफिक डिजाईन, सोसल मिडिया म्यानेजमेन्ट मार्केटिङ, व्यवस्थापन, वेभ म्यानेजमेन्ट, डिजाईनले पोखरेलीको ध्यान खिचेको हुदाँ कुमाल र ममता शाहको कर्मले आफुलाई सन्तुष्ठ दिएको समेत वताए ।

सिभिल ईन्जिनियरिङ्ग सकेर डिजिटलको मार्केटिङ्ग हुदै व्यवसायमा लागेको कुमालले सवैको साथ र सहयोगले आफुले समाजलाई प्रविधिमैत्री वनाउन भुमिका खेल्ने वताए । कुनै न कुनै माध्यामवाट आम जनता डिजिटल प्रविधिमा लागेको हुदाँ यसको सफल प्रयोगले आत्मनिर्भर वन्न सकिने समेत उनीहरुले वताए ।
संस्थाले शुभारम्भको अवसरमा सेवामा ६०% र तालिममा ३० प्रतिशत विशेष छुट दिनेछ ।

युुवा व्यवसायी विजय कुुमाल र ममता शाहको लगानी रहेको उक्त प्रा.लि पोखराको रानीपौवामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?