आदिवासी जनजाति अभियान्ताहरुका लागि ३ दिने तालिम सुरु

आदिवासी जनजाति अभियान्ताहरुका लागि  प्रशिक्षक प्रशिक्षण तालिम दमौलीमा सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिसद तनहुँको आयोजनामा यो तालिम आज शुक्रबारबाट सुरु भएको हो । व्यास नगरपालिकाको  सहयोगमा सञ्चालित तालिम तिन दिनसम्म चल्ने छ ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिसद तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीको अध्यक्षतामा आयोजित ३ दिने तालिममा  प्रमुख आतिथि व्यास नगरपालिकाका  प्रमुख वैकुण्ठ न्यौपानेले कार्यक्रमको उत्घाटन  गरे |

तालिमको उद्घाटन गर्दै न्यौपानेले यो तालिमबाट आफ्नो मौलिक संस्कृति जोगाउनको लागि यस प्रकारको तालिम उपलब्धिमूलक हुने  बताए |

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुखप्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले यो तालिम निकै उपलब्धिमूलक रहेको बताउँदै आदिवासी जनजातिका बिषयमा धेरै कुरा  सिक्ने अवसर रहेको बताए |

३ दिने हुने यो प्रशिक्षक प्रशिक्षण तालिममा आदिवासी जनजाति र सस्कृति, राष्ट्रिय जनगणना र आदिवासी जनजाति ,आदिवासी जनजाति आन्दोलन,उपलब्धि र भावी रणनीति ,आदिवासी जनजाति सवाल,  आदिवासी जनजाति र नेतृत्व विकास र सविधान,कानुनमा आदिवासी जनजाति सम्बन्धी व्यवस्था सम्बन्धीमा तालिमहरु हुने समन्वय परिसद तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिइन् |

आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिसद तनहुँका उपाध्यक्ष सुजित हिराचनको स्वागतमा भएको उक्त कार्यक्रममा नन्दु थापा मगरले सञ्चालन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?