मंगलबार नेप्से परिसूचक २१.३० अंकले बढेको छ। आज नेप्से १.११ प्रतिशतले बढेर १९३४.०४ बिन्दुमा पुगेर बन्द भएको छ।
यस दिन २३१ वटा धितोपत्रको ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ। सोमबार ८३ करोड १६ लाख ३ हजार ६५० रुपैयाँ बराबरको कारोबार भएको थियो।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा ८.५% नेपाल बैंक डिवेञ्चर २०८७ रहेको छ। बैंकको ऋणपत्रको मूल्य ९.५९ प्रतिशतले घटेर प्रति ऋणपत्र मूल्य ९२२ रुपैयाँ २० पैसामा झरेको छ।
त्यस्तै, सामुदायिक लघुवित्तको सेयर मूल्य २.१० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ३५१ रुपैयाँ कायम भएको छ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?