दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको म्याग्दे-१ गुणादीका बासिन्दासँग माफी मागेका छन्।
आफ्नो अभिव्यक्तिलाई लिएर विरोधमा उत्रिएका गुणादीबासीले दमौली लगिएको खानेपानी आपूर्ति नै बन्द गरिदिएपछि पौडेलले मंगलबार सामाजिक सञ्जालमा माफी मागेका हुन्।
उनले भनेका छन् ,“गत साता दमौली कार्यक्रममा मैले दमौलीमा मादी नदिको पानी समेतलाई प्रशोधन गरेर वितरण गर्ने आयोजना संचालन हुँदा पानीको समस्या समाधान भएको कुरा गरेको थिएँ ।
त्यस अघि गुणादी लगायत अन्य श्रोतबाट ल्याइएको पानीले मात्र वितरणमा समस्या(अपुग) थियो। दमौली आसपास पानीको मुलबाट चुन ढुङ्गा मिश्रित पानी वितरणमा जोडिने गरेको हो ।
प्रशोधन संयन्त्र र क्षमता नहुँदा चुन्या पानी वितरण हुने गरेकोमा अब प्रशोधन क्षमतामा वृद्धि भएको अवस्थामा त्यो पनि समस्या रहेको छैन र दमौलीवासीले शुद्ध पानी पाइरहेका छन् ।
मेरो भनाइलाई विभिन्न माध्यमबाट विभिन्न तर्क सहितका व्याख्या सहित प्रेसित हुँदा गुणादी वासीको भावनामा ठेस पुगेकोमा म क्षमा प्रार्थी छु ।
विकासको क्रममा सकारात्मक उर्जा र सकारात्मक प्रगति हासिल गर्नुपर्ने छ र जनतालाई सेवा पुग्नुपर्ने हुन्छ । जनताको स्वास्थ र जनताको हित विपरीत कुनै काम गर्नु राम्रो हैन र त्यस तर्फ सबैको ध्यान जाओस् । गुणादीका दाजुभाई र दमौलीका दाजुभाई एक आपसका परिपुरक हुन् र एक अर्काले धेरै पहिले देखी सहयोग आदान प्रदान गर्दै आएका छन् ।
मेरो अभिव्यक्तिलाईनै लिएर पानी बन्द गरिनु न्यायपुर्ण हुन सक्दैन । एक आपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित सबैमा आग्रह समेत गर्दछु ।
यो पनि हेर्नुहोस : गुणादीकाे पानीको मुहानकाे विषयमा पौडेलले दिएको यस्तो विवादस्पद अभिव्यक्ति
यो पनि हेर्नुहोस : तनहुँ कांग्रेसले पौडेलको अभिव्यक्तिलाई गलत अर्थ लगाएर प्रष्ट्याइयो













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?