प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा जोमसोमस्थित जनहित मा विमा शैक्षिक सामग्री वितरण

मुस्ताङ : प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मुस्ताङको  जोमसोमस्थित जनहित मा विमा शैक्षिक सामाग्री वितरण गरेकाे छ । बिहिबार विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरि परिषदको सेवा कार्य अन्तर्गत त्यस क्षेत्रका विद्यालय  जनहित मा वि मा अध्ययनरत ६०  जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा विद्यार्थी परिषद्का  राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेलले विगत २७ बर्षदेखि निरन्तर सेवा कार्यहरू गर्दै आइरहेकाे र यसलाई निरन्तरता दिने क्रममा परिषद्ले ११ वटा हिमाली जिल्लाका विद्यार्थीलाई भारतीय जनता र भारत सकारबाट प्राप्त भएको शैक्षिक सामाग्री विद्यार्थीहरूलाई वितरण गरिएको र वितरण गरिएको सामग्रीमा प्रति विद्यार्थी व्याग, ५ वटा कपी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायत रहेको उल्लेख गर्दै सामग्री उपलब्ध गराउने भारतीय जनता र भारत सरकार एवम् वितरणको समन्वय गर्ने धन्यवाद दिए ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका जयन्द्र थकाली ,परिषद्का राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेल,विद्यालयका प्राचार्य अधिकारीज्यू, परिषदका मुस्ताङ्ग जिल्ला अध्यक्ष लक्ष्मण ढकाल, जोमसोम नगर रोशनी लगायतका व्यक्तिहरूकाे विशेष उपस्थितिमा सामग्री वितरण गरेकाे थियोे

२०५२ सालमा स्थापना भई देशका ७७ वटै जिल्लाका शिक्षण संस्था, माध्यमिक तह (कक्षा ११ र १२) क्याम्पस तथा विश्वविद्यालयहरूमा कार्य गरिरहेको परिषदले विद्यार्थी, शिक्षक शिक्षाविद्हरूलाई संगठित गर्दै व्यक्ति असल व्यक्ति निर्माणका माध्यमबाट राष्ट्रलाई परम् वैभवको स्थितिमा पुर्याउने लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?