मंगलबार तनहुँमा ४३ जना कोरोना संक्रमित थपिए: १ को मृत्यु

पछिल्लो २४ घण्टामा तनहुँमा मंगलबार थप ४३ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न प्रयोगशालामा परीक्षण गर्दा तनहुँमा १५ जना पुरुष र २८  जना महिला गरि ४३  जना संक्रमित  थपिएको  जनाएको छ ।

योसंगै तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार ८  सय  ३० जना पुगेको छ। जस्मा ४  हजार ४ सय ६६  निको भैसकेका छन्  भने सक्रिय संक्रमितको सङ्ख्या २ सय ५४ जना  रहेको छ।

यसैगरि तनहुँमा आज मंगलबार थप १  जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका – १२ का ७१ वर्षीया पुरुष रहेका छन् ।उनीमा असरा २८ गते कोरोना पुष्टि भएको थियो र असार २८  गते  उनको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान,पोखरामा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

योसंगै तनहुँमा कोरोना सङ्क्रमणबाट ११०  जनाको मृत्यु भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?