तनहुँमा साउन १ गतेदेखि होटल/रेष्टुरेन्ट खोल्न पाइने

तनहुँमा आगामी साउन १ गते देखि होटल तथा रेष्टुरेन्ट सूचारु हुने भएका छन् ।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले बिहान ९ देखि दिउँसो ३ बजेसम्म होटल तथा रेष्टुरेन्ट खोल्न दिने निर्णय गरेको हो। यसअघि होटल तथा रेष्टुरेन्टलाई तयारी खाना तथा खाजा प्याकिङ गरि विक्री गर्न मात्र अनुमति दिइएको थियो ।

यस्तै  जिल्लामा निषेधाज्ञा भने आगामी साउन १० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

निषेधाज्ञा थप भएपनि यस अघिको भन्दा केही खुकुलो बनाईएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?