संविधान दिवस ‘मेरो संविधान मेरो गौरव’ विषयक छलफल

दमौली : संविधान दिवसको अवसरमा आदिकवि भानुभक्त क्याम्पस कानुन विद्यार्थी समाज र व्यास नगरपालिका वडा नं.-१, वडा कार्यसमितिको संयुक्त आयोजनामा ‘मेरो संविधान मेरो गौरव’ विषयक छलफल कार्यक्रम सोमबार व्यास – १ स्थित मगर समाज सुधार समितिको भवनको सभाकक्षमा सम्पन्न भएको छ ।

सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

छलफल कार्यक्रमको उद्घाटन गर्दै ब्यास नगर पालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले करिब ७० वर्षको प्रयत्नपछि ०७२ सालमा जारी लोकतान्त्रिक संघीय गणतान्त्र नेपालको संविधान सबै नेपालीको सुन्दर भविष्यको सुनिश्चितता गरेको राजनीति र कानुनको इतिहासमा जनताका प्रतिनिधिहरुबाट लेखिएको यो पहिलो संविधान अत्यन्त लचिलो र जनमुखी रहेको बताए।

कार्यक्रम व्यास -१ का वडाध्यक्ष रमेशचन्द्र हड्खलेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ , क्याम्पस प्रमुख महाप्रसाद हड्खले, नेपाली कंग्रेसका प्रदेशका आमन्त्रित सदस्य डा शेषरमण न्यौपाने, क्याम्पस सञ्चालक समितिका सदस्य एवं पूर्व वडा दक्ष खर सिं दरै, व्यास नगर कार्यपालिका बोर्ड सदस्य कृष्ण दुरा शुशिला, वडा सदस्य पूर्ण बहादुर थापा, सुनिता सुनार, मणिजंग बस्नेत, नेकपा माओवादी केन्द्रका कोषाध्यक्ष केहरसिंह आलेमगर, क्याम्पसका अंग्रेजी एवं समाजशास्त्र विषयका सहायक प्राध्यपक एवं अधिवक्ता द्वय बिमल गिरी र बिष्णु हड्खले, कानून विद्यार्थी समाजका अध्यक्ष संस्कृति ढुंगाना लगयतले  संविधानका विषयमा बोलेको थियो ।

आदिकवि भानुभक्त क्याम्पस कानुन विद्यार्थी विद्यार्थी समाजका सचिव करुणा पाठक र सह-सचिव मणिराज काफ्लेले संयुक्तरुपमा कार्यक्रमको संचालनगरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?