देउराली टोल विकास समितिद्धारा सरसफाई

दमौली : नेपालीहरुको महान चाड विजयादशमी तथा शुभदीपावलीको अवसर पारेर सरसफाई गरेको   छ । देउराली टोल विकास समितिको अध्यक्ष मान वहादुर थापाको नेतृत्वमा व्यास -३ को देउराली नगर वरपर सरसफाई गरिएको हो ।
विशेष गरेर चाडपर्वको सम्मुखमा सरसफाई गरेर चाडपर्वलाई स्वागत गरिने विगत देखिको श्रृखला भएको अध्यक्ष थापाले वताए ।

सरसफाई कार्यक्रममा व्यास–३  का अध्यक्ष  अनुप राना , वडा सदस्यहरुको लगायत स्थानिय वासिन्दको उपस्थिती रहेको थियो ।

मालपोत लाइनबाट देउराली नगर जाने चोक देखि देउरालीनगर  एरियामा सरसफाई गरिएको स्थानिय अगुवा नरबहादुर  बिकले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?