व्यास १४ मा अमेरिकन जोन्सन कोविड – १९ भ्यसिन लगाउने

व्यास नगरपालिक वडा न. १४ केशवटार उप-स्वास्थ्य केन्द्रमा कोविड – १९  बिरुद्धको अमेरिकन जोन्सन भ्यसिन साउन ७ गते  लगाउने भएको छ ।

अमेरिकबाट अनुदान प्राप्त  सरकारले उपलबध गराएको उक्त भ्यसिन पहिलो चरणको खोप हो तर यो भ्यसिन एक पटक मात्रै पनि लगाए पुग्नेछ ।  ५०-देखि ५४ वर्ष समुहका व्यक्तिहरुहरु, अघिल्लो खोप कार्यक्रममा छुटेका स्वास्थ्यकर्मी तथा सरसफाईकर्मी र तत्काल बिदेस जान तयारिमा रहेका व्यक्तिहरुले पनि उक्त  भ्यसिन लगाउन पाउने केशवटार उप-स्वास्थ्य चोकीका स्वास्थ्यकर्मी (कोबिड फोकल पर्सन)पप्पु पंकज यादवले जानकारी दिएका छन् । उने भने  ‘भोलिसम्म खोप उप-स्वास्थ्य केन्द्रमा खोप उपलबध हुन्छ पर्सि (साउन ७ )गते  हामीले खोप लगाउने कार्यक्रम राखेको छौ ‘उनले दमौली अनलाइनलाई जानकारी दिए ।

खोप लगाउन आउदा अनिबार्य रुपमा परिचयपत्र तथा बिदेस जानेको हकमा पासपोर्ट लिएर उपस्थित हुनुपर्ने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?