एडीबीले नेपाललाई १९ अर्ब ८० करोड ऋण दिने

एसियाली विकास बैंक (एडीबी) ले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकारलाई १९ अर्ब ८० करोड रुपैयाँ ऋण प्रदान गर्ने भएको छ ।
बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न त्याे रकम ऋण स्वरूप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय आज गरेको बैंकको प्रधान कार्यालयले जनाएको छ ।

जीवन रक्षाका लागि अत्यावश्यक खोप खरिद गर्न तथा आफ्ना नागरिकलाई सङ्क्रमणबाट बचाउन शीघ्र खोप खरिद गरी नागरिकलाई लगाउन अपरिहार्य भएको बताउँदै बैंकका अध्यक्ष मासाटुगु आशाकावाले अर्थतन्त्रलाई पुनर्जीवन दिन र नागरिकका दैनिकी एवम् आर्थिक गतिविधि पुनः सञ्चालन गर्न नेपालका निम्ति खोप उपयोगी हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?