तनहुँमा परीक्षा सञ्चालन गर्न दिने निर्णय

तनहुँमा परीक्षा सञ्चालन गर्न दिइने निर्णय गरेको छ । शुक्रबार बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्र तनहुँको बैठकले परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

परीक्षा सञ्चालन गर्दा कम्तिमा दुई मिटरको दूरी कायम गरी ‘जेड’ आकारमा परीक्षार्थी राख्ने गरी सिट व्यवस्थापन गर्नुपर्ने छ ।परीक्षा केन्द्रमा परीक्षा सञ्चालन समय भन्दा एक घण्टा ३० मिनेट अगाडी प्रवेश शुरु गराई लाइनमा हुन सक्ने भीड न्यूनीकरण गर्ने भनिएको छ ।

प्रत्येक परीक्षार्थीलाई पहिलो दिनको परीक्षा शुरु हुन अगाडी सिआइसिटी परीक्षा फारम भर्न लगाई सङ्क्रमित फारम समितिलाई उपलब्ध गराउनुपर्नेछ ।परीक्षा सञ्चालन गर्ने क्रममा जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भनिएको छ ।

कोभिड-१९ संक्रमित परीक्षार्थीको हकमा अरु सामान्य परीक्षार्थीको परीक्षा शुरु भएको ३० मिनेट पछि मात्र प्रवेश गराई अरुको परीक्षा सकिएको ३० मिनेट पछि परीक्षाबाट निस्कने व्यवस्था मिलाउने र त्यस्ता परीक्षार्थीहरुलाई वेग्लै कोठा तथा छुटै शौचालयको व्यवस्थापन गर्नु पर्नेछ भने  संक्रमित परीक्षार्थीहरुले प्रयोग गरेको सामाग्री स्वास्थ्य कार्यालयको समन्वयमा अत्यन्त सावधानीका साथ संकलनको व्यवस्था गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

कोभिड–१९ भाइरसका कारण कक्षा १२ र त्रिभुवन विश्वविद्यालयका विभिन्न तहका परीक्षाहरु रोकिएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?