दमौली : तनहुँको व्यास नगरपालिका -५ वेनीपाटनमा रहेको श्री पराशर माध्यमिक विद्यालयमा आ.व ०७८/०७९ को सामाजिक परीक्षण प्रतिवेदन सार्वजनकिकरण गरेको छ ।
बुधबार अभिभावक शिक्षक संघका अध्यक्ष श्री नर बहादुर आलेको अध्यक्षतामा भएको सरोकारवालाहरु भेलाले सामाजिक परीक्षण प्रतिवेदन सार्वजनकिकरण गरेको हो ।
व्यास नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष एवं विद्यालय संरक्षक विष्णु कुमार श्रेष्ठले शैशिक क्षेत्रको विकासको लागि आफु सदैब लागिपर्ने बताए ।
आर्थिक वर्ष २०७८/०७९ को सामाजिक परीक्षण प्रतिवेदन सामाजिक परीक्षण प्राविधिक उपसमितिका संयोजक श्री राजेन्द्रप्रसाद खनालले प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रस्तुत प्रतिवेदन गरको थियो ।
विद्यालयका संस्थापक एवं निवर्तमान प्रधानाध्यापक हेम पौडेल, वडा सदस्य केशरी थापा, बेतेनी टोल विकास संस्थाका अध्यक्ष अमर थापा , आशागुरी खोल्सी खानेपानी उपभोक्ता समितिका अध्यक्ष परशुराम गिरी लगायतले सुझाव प्रस्तुत गर्नुभएको थियो ।
साथै सो कार्यक्रममा विद्यालयको प्रधानाध्यापक श्री रामदत्त पौडेलले शै. स. २०७९ को प्रथम चौमासिक परीक्षाको परीक्षाफल विश्लेषण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री उषा क्षेत्री, जनचेतना आमा समूहका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका सदस्य श्री पार्वती गिरी, भू.पू.सैनिक क्लवका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य श्री प्रेम बहादुर पुन, वि.व्य.स तथा अ.शि.संघका सदस्यहरु, अभिभावकहरु, शिक्षकहरु, विद्यार्थीहरुको सहभागिता रहेको थिए ।
सहायक प्रधानाध्यापक अनिता घिमिरे काफ्लेले संचालन गरेको कार्यक्रममा शिक्षक मञ्जु खनाल स्वागत गरेको थियो ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?