कोबिड -१९ विरुद्धको खोप नगरपालिकाको सभा हलमा हुने

व्यास नगरपालिक वडा न. १ बासिन्दाहरुलाई  श्रावन ११ गते कोबिड – १९  बिरुद्धको  भेरोसेल खोप नगरपालिका कार्यपालिकाको सभा हलमा लगाउने भएको छ ।  नेपाल  सरकारले उपलबध गराएको उक्त खोप स्वास्थ्यकर्मी तथा सरसफाईकर्मी,चालक सह-चालक,शिक्षक कर्मचारी,अपाङ्गता भएका व्यक्तिहरु ५० वर्ष देखि  माथिका  हाल सम्म १ पटक पनि खोप नलगाएका  र तत्काल बिदेश जान तयारिमा रहेका व्यक्तिहरुले पनि उक्त  भेरोसेल खोप लगाउन पाउनेछन् ।

खोप लगाउन आउदा आफ्नो खुल्ने परिचय पत्र नागरिकता, सवारी बिलबुक वा लाइसेन्स ,भिसा तथा टिकटको प्रतिलिपि  अनिबार्य रुपमा लिएर उपस्थित हुनुपर्ने व्यवस्था गरेको छ ।खोप बिहान १० बजे देखि ४ बजे सम्म संचालन हुने व्यास नगरपालिका वडा न १ का  वडा अध्यक्ष खरसिङ् दरैले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?