गाएक भुवनको पहलमा मिर्गौला पिडितलाई सात लाख भन्दा बढि रकम सहयोग

करिब तिन  महिना अघि दुवै मिर्गौला फेल भएका मेगीसारा थापालाई  अक्षरुपि सात लाख पैतीस हजार नौ सय रुपैया सहयोग सङ्कलान भएको छ ।

गाएक भुवन सिं थापाले पिडित मेगीसारा थापालाई उक्त  सहयोग रकम हस्तान्तरण गरेका हो ।  दमौली आनलाईन संग  कुरा गर्दै   केहि महिना अघि गाएक थापाकै  फेसबुक तथा युट्युब च्यानल मार्फत उपचारको लागि  पिडित मेगीसारालाई  सहयोगको  अपिल गरेका थिए ।  घरको अवस्था कमजोर भएकाले देश तथा बिदेशमा रहेका  सुभचिन्तकहरुले थापाको युट्युब र फेसबुक मार्फत रकम संकलन गरि  सहयोग गरेको गाएक भुवनले बताए।

उक्त रकम मेगीसारा थापालाई उसकै घर नवलपुर गएर हस्तान्तरण गरेका थिए  । पिडितलाई उपचारको लागि केहि महिना अघि  विभिन्न टोल,सस्था तथा क्लबहरुले पनि सहयोग समेत  प्राप्त भएको बताए ।  हाल मेगीसाराले भरतपुरमा रहेको पुरानो मेडिकल कलेजमा डाइलसिस गराईरहेका छन् ।  उक्त  डाइलसिस अहिले निशुल्क गराईरहेको छन  भने  मृगौला प्रत्यारोपणको लागि प्रक्रियामा रहेको तर अहिले सम्म निश्चित  भएको छैन र   मृगौला प्रत्यारोपणको लागि प्राइबेटमा पन्ध्र देखि बिस लाख सम्म लाग्ने र सरकारी भने सात देखि ८ लाख सम्म लाग्ने रहेछ  थापाले आनलाईनलाई बताए ।  पिडित परिवारले देश तथा बिदेशमा रहेरा सहयोग गर्नु हुने सम्पूर्ण सुभचिन्तकहरुलाई धन्यबाद समेत दिएका छन् भने गाएक थापाले  पिडितलाइ मलमपट्टी लगाउन मेरो प्रयासलाई साथ दिने सम्पूर्ण मनकारी साथीभाईहरुलाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?