
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काेराेना सङ्क्रमणकाे सम्भावित तेस्राे लहरलाई मध्यनजर गर्दै सबै प्रदेशमा मौज्दात अक्सिजन सिलिन्डर व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
आज साेमवार एक विज्ञप्ति निकालेर स्वास्थ्य मन्त्रालयले कम्तीमा एक हजार वटा अक्सिजन सिलिन्डर मौज्दात राख्न निर्देशन सबै प्रदेशका सम्बधित निकायलाई निर्देशन दिएको हो । मन्त्रालयले निषेधाज्ञा जारी भए पनि कोरोना सङ्क्रमणकाे दरमा कमी नआएको भन्दै भविष्यमा तीव्र रूपमा कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी दिएको छ ।
सम्भावित कोरोनाको महामारीका लागि सबै प्रदेशको आपूर्ति केन्द्रमा अक्सिजन सिलिन्डर तयारी अवस्थामा राख्न मन्त्रालयले आग्रह गरेको छ ।
यस्तै मन्त्रालयले भएका मौजुदा सिलिन्डर पनि खाली नराख्न निर्देशन दिएको छ । अक्सिजन पीएसए प्लान्ट, अक्सिजन ट्याङ्क तथा अक्सिजन कन्सन्ट्रेटर चुस्त र चालु अवस्थामा राख्न पनि मन्त्रालयले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?