नेपालमा कोरोना (कोभिड १९) को डेल्टा प्रजातिको नयाँ उत्परिवर्तन पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको छ भने तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भएको जनाएको छ । पुष्टि भएका तीनवटा नयाँ डेल्टा म्युटेन्टको नाम ‘ए वाई वान’ दिइएको छ ।
उत्परिवर्तन भएको यो भेरियन्टलाई डेल्टा प्लस नामले चिनिने गरेको छ । नेपालमा अहिलेसम्म अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टकाे रूपमा कप्पा भेरियन्ट पुष्टि भएको छ । यी भेरियन्टहरू सबै उमेर समूहका व्यक्तिलाई असर गर्ने अध्ययनले देखाएको मन्त्रालयले जनाएको छ ।
नयाँ ‘म्युटेन्ट’ सँगै तेस्रो लहरको चुनौतीलाई थप बल पुर्याएकाले सावधानीका उपायहरू अपनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?