व्यास ११ मा सामाजिक सुरक्षा वृद्धाभत्ता वितरण समपन्न

ब्यास नगरपालिका वडा न ११ मा सामाजिक सुरक्षा वृद्धा भत्ता वितरण सम्पन्न गरेको  छ । सामाजिक सुरक्षा ऐन २०७५ मा   नेपालको संविधान बमोजिम आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकको सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न गरिएको छ l तेस्तै ज्येष्ठ नागरिक भत्ता ,दलित र एकल महिला ज्येष्ठ नागरिकले साठी वर्ष उमेर पूरा गरेपछि र अन्य ज्येष्ठ नागरिकले सत्तरी वर्ष उमेर पूरा गरेपछि सामाजिक सुरक्षा भत्ताको रूपमा नेपाल सरकारले तोके बमोजिमको ज्येष्ठ नागरिक भत्ता पाउने सङ्घीय संसदले यो ऐन बनाएको छ।

उक्त भत्ता  कुल पाँच सय सत्तरी जनालाई वितरण गरेको यसै वडाका वडा अध्यक्ष निर बहादुर खड्काले जानकारी दिएका छन् । साउन १२ गते बाट  वितरण सुरु भएको भत्ता तिन दिन मा सम्पन्न भएको थियो l साउन १२ गते  दरैपँधेरो तथा  निर्बूमा  , १३  गते व्यास नगरपालिकाको वडा कार्यालय र १४ गते भने तनहुँसुरको धरमपानी पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेको समेत जानकारी दिए lभत्ता वितरणमा  कोहि छुटेको छ भने एन.एम.बि बैंकमा सम्पर्क गरेर पनि भुक्तानी लिन सक्ने वडा अध्यक्ष बताए ।

वडा अध्यक्षको पहलमा सराहनीय काम

व्यास नगरपालिका वडा न ११मा रहेका  बिपन्न तथा आर्थिक अवस्था कमजोर रहेका  साट्ठी घरधुरी परिवारलाई आज खाद्यान्न राहत सामग्री बितरण गरेको छ ।

व्यास नगरपालिका वडा न ११ मा वडा अध्यक्ष निर बहादुर खड्काकै पहलमा अर्को सराहनीय काम भएको हो  । खाद्यान्न राहत सामग्री बितरण कार्यक्रमको बारेमा  अध्यक्ष खड्काले दमौली आनलाईनलाई जानकारी दिदै भने  न्यानो नेपाल अभियानका अध्यक्ष एबम नेपाल बायु सेवाका वरिष्ठ क्याप्टेन हुन्  बिजय लामा। उनि राष्ट्र सेवक मात्रा नभई सामाजिक सेवामा पनि उतिकै रुची राख्छन । उनकै संयोजकत्वमा उक्त  राहत सामग्री बितरण गरेका हो ।

कार्यक्रममा नेपाली काँग्रेसका  केन्द्रीय सदस्य  पूर्व बन मन्त्री र  बिद्यार्थी विभागका केद्रीय सभापति एबम प्रभावशाली नेता शंकर भण्डारीको प्रमुख आथित्यमा सो कार्यक्रम समपन्न भएको  थियो । खाद्यान्न राहत सामग्री सहयोग गर्ने सहयोग दाताहरुलाई उक्त परिवारहरुले धन्यवाद दिए ।  आफुहरुले पनि सहयोग गर्न मौका मिलेकोले खुसि  ब्यक्त गरेको समेत अध्यक्ष खड्काले जानकारी दिएका  छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?