विराटनगर : प्रदेश १ सरकारले बिहीबार प्रदेश १ मा सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा विदा दिएको हो ।
गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विहान विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो ।
थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?