दमौलीःतनहुँ उद्योग वाणिज्य संघको भोलि (सनिबार) हुने १६ औं महाधिवेशनमा अध्यक्ष पदका लागि मात्रै मतदान हुने भएको छ ।
अन्तिम उम्मेदवारी फिर्ता लिने समयमा अध्यक्ष पदका बैकुण्ठनाथ मिश्र र पबिन्द्र कुमार श्रेष्ठ बाहेकका सबै पदमा अन्य उम्मेदवारले फिर्ता लिए पछि अध्यक्षको लागि मतदान हुने भएको हो । अध्यक्षका प्रत्यासीमध्ये अर्जुन अधिकारीले भने अन्तिम समयमा उम्मेदवारी फिर्ता गरेका थिए ।
यता प्रथम उपाध्यक्षमा इमकुमार मल्ल ,द्रितिय उपाध्यक्षमा कुमार मल्ल र कोषाध्यक्षमा दिनेश कुमार श्रेष्ठ सर्बसमत निर्बाचित भएका छन् ।
यसैबीच, संघको वस्तुगत सदस्यमा सुनचाँदी व्यवसायी समिति विजयी भएको छ । क्षेत्रीय होटल संघले उम्मेदवारी फिर्ता लिए पछि संघ सर्वसम्मत भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?