आदिकविका विद्यार्थीले गरे नमुना मतदान

दमौली  : तनहुँको व्यास नगरपालिका-१ भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा गरिएको नमुना मतदान अभ्यासमा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका छन्।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आदिकवि भानुभक्त क्याम्पसमा गठित युवा रेडक्रस सर्कलले सोमबार क्याम्पसको प्राङ्गणमा नमुना मतदान अभ्यास गरेको हो।

जिल्ला निर्वाचन कार्यालय तनहुँ र आदिकवि भानुभक्त क्याम्पसको व्यवस्थापनमा मतदानमा सोही क्याम्पसमा अध्ययनरत छात्रछात्राले नमुना मतदान गरेका थिए।

निर्वाचनको बेला तयार गरिने सोही अनुसारको सुरक्षित मतदान केन्द्र निर्माण गरी विद्यार्थीहरूलाई नमुना मतदान सर्कलका सचिव सबिन लामिछानेले जानकारी दिए।

उक्त नमुना मतदान कार्यक्रममा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थ , क्याम्पस संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले प्राध्यापक र विद्यार्थीहरुको सहभागी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?