सिटि हस्पिटलमा सुगर जाँच निशुल्क,अन्य सेवामा बिशेष छुट

सिटी जनरल हस्पिटल प्रालिले बिरामीहरुलाई निशुल्क जाँच सहित अन्य सेवामा बिशेष छुट दिएको छ ।

व्यास ३ दमौलीमा सञ्चालित उक्त हस्पिटलले साउन १६ गतेदेखि २६ गतेसम्मका लागि निशुल्क जाँच र सेवामा बिशेष छुट दिएको अस्पतालका प्रमुख किरण सोतीले  दमौली अनलाइनलाई जानकारी दिए। उनका अनुसार वरिष्ठ पेट, छाती, मुटु, मिर्गौला, कलेजो, प्रेसर सुगर तथा थाइराइड रोग विशेषज्ञ डा. किरण सोतीद्वारा साउन २६ गतेसम्म निशुल्क बिरामी जॉच हुने र बेड चार्ज एसि डिलक्स क्याबिनमा ५० प्रतिशत, प्रयोगशालामा २० प्रतिशत र सम्पूर्ण औषधिमा १० प्रतिशत छुट दिइने बताए ।

हस्पिटलमा २४ सैं घण्टा इमरजेन्सी सेवा, ल्याब, डिजिटल एक्स–रे,मुटुको भिडियो एक्सरे, सघन उपचार कक्ष, हाडजोर्नी तथा प्लाष्टर सेवा, नेबुलाइजर सेवा, पाठेघरको मुखको क्यान्सर सेवा लगायतको अन्य सेवाहरु प्रदान गर्दै आएको छ ।यस हस्पिटलमा वरिष्ठ पेट, छाती, मुटु, मिर्गौला, कलेजो, प्रेसर सुगर तथा थाइराइड रोग विशेषज्ञ डा. किरण सोती तथा वरिष्ठ जनरल सर्जन डा. दिपेन्द्र तामाङ लगायतले आफ्नो सेवा प्रवाह गर्दै आएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?