काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले ८ दिनभित्रमा मतगणना सम्पन्न गर्ने बताएको छ।
आइतबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सम्पन्न भएपछि साँझ आयोगको कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख आयुक्त थपलियाले ८ दिनभित्रमा निर्वाचनको नतिजा सार्वजिन गरिसक्ने बताएको हो ।
उनले चार प्रकारको मतपत्रको गणना पनि एकैपटक हुने बताए । आयोगको प्रारम्भिक अनुमान अनुसार देशभरबाट करिब ६१ प्रतिशत मात्रै मतदान भएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?