
पछिल्लो २४ घण्टामा तनहुँमा थप ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक सय ३७ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २४ जना पुरुष र २९ जना महिला गरि ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पीसीआर परीक्षण गरिएकामध्ये ३८ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो ।
तनहुँमा कोरोनाका सङ्क्रमितको सङ्ख्या ५ हजार ५ सय ७९ जना पुगेको छ भने कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४ हजार ९ सय ७३ पुगेको छ ।
यसैगरि आज बुधबार कोरोना सङ्क्रमणबाट मृत्यु हुने शुन्य रहेको छ ।
अहिले तनहुँमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ९२ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?