तनहुँमा भेरोसेलको दोस्रो डोजका लागि सोमबार र मङ्गलबार लगाइने

तनहुँमा कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्राको लागि सोमबार र मङ्गलबार  (यही साउन २५ र २६ गते) लगाइने भएको छ ।

गत असार ३० गतेदेखि साउन ३ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई २१ देखि २८ दिनभित्रमा दोस्रो मात्रा लगाउनुपर्ने भएकाले सो समयमा पहिलो मात्रा लगाएका तोकिएका लक्षित समूहलाई सोमबार र मङ्गलबार दोस्रो मात्रा लगाउन लागिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?