साउन २५ र २६ गते दोस्रो डोजको भेरोसेल खोप अभियान

व्यास नगरपालिका वडा न ११ अन्तर्गतका स्वास्थ्य सस्थामा दोस्रो डोजका लागि भेरोसेल खोप संचालन हुने भएको छ ।गत असार ३० गतेदेखि साउन ३ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई यो खोप लगाउन पाउने छन् । ५५ बर्ष र सो भन्दा माथि उमेर समुहका  सम्पूर्ण नागरिकहरु,विश्व बिद्यालय, बिद्यालयका प्रधानाध्यापक शिक्षाक तथा कर्मचारीहरु,सार्बजनिक यातायातमा कार्यरत चालक र सह-चालकहरु,बिदेस जान खोप अनिबार्य गरेका बिदेस जाने नेपाली नागरिकहरु र नेपाल सरकारले तोकेको अत्यावश्याक सेवामा संग्लन व्यक्तिहरुले खोप लगाउने ब्यवास्त्था गरेको छ ।

कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्राको लागि सोमबार र मङ्गलबार  (यही साउन २५ र २६ गते) तनहुँसुर स्वास्थ्य चौकी तनहुँसुर र  तनहुँसुर स्वास्थ्य चौकी सेवा कार्यालय बेल्टरीमा बिहानको १० बजे देखि सांझा ४ बजे सम्म हुने  व्यास ११ का वडा अध्यक्ष निर बहादुर खडकाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?