काठमाडौं : कतारमा जारी फिफा विश्वकप-२०२२ अन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । लुसाइल इकोनिक स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।
जारी प्रतियोगितामा शानदार प्रदर्शन गरेका दुवै टोली आजको खेलमापनि सोहि लयलिई निरन्तरता दिँदै फाइनलमा प्रवेश गर्न चाहन्छन् । अर्जेन्टिनाको प्रतियोगितामा शुरुवात भने सुखद रहेन । पहिलो खेलमै साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाको उक्त खेलमा ३६ खेलको अपराजीत यात्रामा पूर्णविराम लागेको थियो ।
सन् २०१८ को उपविजेता क्रोएसियाले यसपटको शानदार प्रदर्शन गरिरहेको छ।
गत वर्ष फ्रान्ससँग हारेको लुका मड्रिक नेतृत्वको क्रोएसियाको सन् २०१८ मा अर्जेन्टिनासँग समूह चरणमा प्रतिष्पर्धा भएको थियो। जहाँ अर्जेन्टिनालाई ३-० ले हराएको थियो।
दुवै टीमबीच पहिलोपटक सन् १९९४ मा भेट भएको थियो। त्यतिबेला बराबरी गरेका थिए। सन् १९९८ मा अर्जेन्टिनाले १-० ले जितेको थियो भने फेरि सन् २००६ मा भएको फ्रेन्ड्ली म्याचमा क्रोएसियाले ३-२ ले जितेको थियो।
सन् २०१४ को फ्रेन्ड्ली म्याचमा अर्जेन्टिनाले २-१ले जितेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?