दमाैली : तनहुँको बन्दीपुरमा खुल्ला पुरुष भलिवल तथा तमु ल्होसार साँस्कृतिक कार्यक्रम पुस १५ गते देखि हुने भएको छ । बन्दीपुर –६ स्थित खहरेटारमा रहेको श्री मिलिजुली युवा क्लबले खुल्ला पुरुष भलिवल तथा तमु ल्होसार साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।
क्लबको ५ औं वार्षिक उत्सव तथा १५ पौष ल्होसार पुनित अवसरमा बन्दीपुर -६ स्थित खहरे खेलमैदानमा पुस १५ गतेदेखि खुल्ला पुरुष भलिवल तथा तमु ल्होसार साँस्कृतिक कार्यक्रम सञ्चालन गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा खेलकुद तथा सांस्कृतिक संयोजक सिद्धान्त थापा मगरले जानकारी दिए।
“खेलकुद युवाहरुको चाहना, युवा देशको गहना” भन्ने मुला नारा सहित १५ गते देखि १८ गते सम्म संचालन हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलकारहरुको प्रस्तुति रहने संयोजक मगरले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई ४४ हजार ४ सय ४४ र २ वाट भाले, द्वितीय हुनेलाई ३३ हजार ३ सय ३३ र १ वाट भाले , तृतीय हुनेलाई २२ हजार २ सय २२ र १ वाट भाले प्रदान गरिने क्लबका अध्यक्ष राम बहादुर गुरुङले बताए ।
क्लवका अनुसार प्रतियोगिताका लागि टिम दर्ता शुल्क २ हजार रुपैयाँ राखिएको छ । प्रतियोगितामा तनहुँका क्लवहरुले सहभागी हुने जनाएको छ ।
पुस १५ गते हुने तमु ल्होसार साँस्कृतिक कार्यक्रमको उदघाटन नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले गर्ने तय भएको संयोजक मगरले बताए ।
त्यस्तैगरी १५ गते साँझा हुने साँस्कृतिक कार्यक्रमको उदघाटन बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले गर्ने , १६ गते हुने खुल्ला पुरुष भलिवलको उदघाटन बन्दीपुर-६ का वडाध्यक्ष बल बहादुर गुरुङले गर्ने र १८ गतेको समापन प्रदेशसभा सदस्य हरि बहादुर चुमानले गर्ने जनाएको छ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?