दमौली : तनहुँको व्यास नगरपालिका १ भादगाउँमा रहेको जलदेवी माध्यमिक विद्यालयको ६४ औँ बार्षिकोत्सव एवं अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयले आइतवार एक कार्यक्रम गरि आफ्नो ६४ औँ बार्षिकोत्सव मनाएका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले शिक्षाको गुणस्तर उकास्न शिक्षक विद्यार्थी र अभिभावक दंतचित्त भएर लाग्नुपर्ने बताए ।शिक्षाको गुणस्तर उकास्न नगरपालिका लागि परेकोले शिक्षकले विद्यार्थीमाथी खेलवाड नगरी आफुँसंग भएको ज्ञान शिप र क्षमतालाई कक्षा कोठाभित्र प्रयोग गर्नुपर्नेमा जोड दिए ।
व्यास नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रमेशचन्द्र हडखलेले व्यास नगरपालिका वडा नं. १ को शिक्षालाई गुणस्तरीय वनाउनको लागि वडा कार्यालय लागि परेको बताए ।
व्यास नगरपालिका शिक्षा शाखा प्रमुख नविन पराजुली, आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खले निर्मल माविका प्रधानध्यापक गणेशचन्द्र बस्नेत, नेका व्यास नगर सभापति सुर्यचन्द्र हडखले, स्थानिय समाजसेवी केशबहादुर सुनार, शिक्षक अभिभावक संघका अध्यक्ष मिन बहादुर चदारो, उदय माविका प्रधानध्यापक रोहिणीराज पौडेले लगायतले शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा विद्यालयका नेपाली विषयका विभागिय प्रमुख पूर्व शिक्षक शंकरराज नहर्कीलाई विद्यालयको शैक्षिक भौतिक एवं आर्थिक पक्ष लगायत विद्यालयको उन्नती र प्रगतिमा सहयोग पु¥याएकोमा सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालय गेटको पुन निर्माणको लागि स्वर्गिय रुद्र बहादुर दरैकी धर्मपत्नी विष्णुमाया दरै र छोरा वेन बहादुर दरै, बुहारी अम्बिका दरै, छोरी इन्दु दरै र ज्वाई छमबहादुर दरैको तर्फबाट ५० हजार रुपैया नगद विद्यालयलाई प्रधान गरिएको थियो ।विद्यालयका प्रधानध्यापक जयराम सेढाईले विद्यालयको बार्षिका निति कार्यक्रम पेस गर्र्दै आगामी दिनमा विद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा एकता महिला सशक्तिकरण सञ्जाल व्यास १ भाँदगाउँले विद्यालयका १५ जना बालवालिकाहरुलाई विद्यालय पोसाक वितरण गरेकोमा सञ्जालकी अध्यक्ष गिरीमाया पोख्रेल मिश्रलाई विद्यालयले सम्मान गरेको थियो ।
उक्त अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए भने विद्यालयद्धारा आयोजीत विभिन्न कार्यक्रममा पुरस्कृत हुने छात्र छात्राहरुलाई नगरप्रमुख बैकुण्ठ न्यौपानेले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?