अफगानिस्तानबाट नेपालीहरु स्वदेश फर्किने क्रम जारी, आज बिहान ६१ जना काठमाडौं आइपुगे

अफगानिस्तानबाट उद्धार गरिएका ६१ जना नेपाली आज बिहान नेपाल आइपुगेका छन् ।

अफगानिस्तानको बेलायतकाे दूतावासमा सुरक्षा गार्डको रुपमा कार्यरत ६१ जना नेपाली कतार एयरवेजबाट आज बिहान ९ बजेर १५ मिनेटमा नेपाल आइपुगेका हुन ।

अफगानिस्तानस्थित ब्रिटिस एम्बेसीमा कार्यरत ८६ नेपाली सुरक्षा गार्डमध्ये ६१ जनालाई बेलायतले उद्दार गरी नेपाल ल्याएकाे हाे । बाँकी २५ जना अपरान्ह साँढे ४ बजे कतार एयरवेजमा आउने बताइएको छ ।

बिहान आएकालाई नेपालीलाई सामाखुसीस्थित राधा स्वामी सत्संग भवनमा लगेर एन्टीजेन परिक्षण गरिनेछ । रिपाेर्ट नेगेटिभ आएकालाई घर पठाउने र पाेजेटिभ आएकालाई आइसाेलेसनमा राखिने तयारी भएको बताइएको छ । यससँगै हिजाेबाट २ सय ४९ जना नेपाली स्वदेश फर्किएका छन् ।

त्यस्तै, हालसम्म अफगानिस्तानबाट २ सय ७२ जना नेपाल आइपुगेका छन् जसमध्ये २ सय ४९ नेपाली नागरिक रहेका छन् भने २३ जना भारतीयमुलका नेपाली रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?