पुस २५ गतेदेखि ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले एकीकृत कारोबार सुरु गर्ने

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडूबीच मर्जर प्रश्चात आगामी पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट कारोबार हुने भएको हो ।

यसअघि दुवै बैंकको साधारणसभाबाट ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो । नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृति प्राप्त भइसकेको छ ।

बैंकको मर्जरपश्चात एकीकृत वित्तीय कारोबार सुरु गर्न डाटा माइग्रेसनका लागि आगामी शनिबार र आइतबार २ दिन ग्लोबल आइएमई बैक लिमिटेडको सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द रहनेछ ।

तर सो अवधिमा बैंकको मोबाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड, एटिएम तथा एजेण्ट मार्फत हुने रेमिटयान्स् सेवा भने यथावत संचालनमा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?