महेन्द्रको शालिक पुनः निर्माण गर्नु पर्ने राप्रपाको माग

दमौली : तनहुँको व्यास नगरपालिका -३  जिल्ला समन्वय समितिका स्वामित्वमा रहेको जग्गामा पुर्व राजा महेन्द्रको शालिक निर्माण पुनः निर्माण गर्नु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँले माग गरेको छ।

राप्रपाका जिल्ला अध्यक्ष विनोद घर्तीले सोमवार जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले लाई  भेटेर महेन्द्रको शालिक पुनः निर्माण गर्नु पर्ने माग रहेका हुन्  ।

भेटघाटपछि अध्यक्ष घर्तीले भने ”  प्रमुख ज्युले शालिकको पुनः निर्माण छिटै गर्ने बाचा दिनु भएको छ , यसमा हामी सकारात्मक छु।  “उनले थपे ” हामीले सबै पार्टी र समर्थनको सहयोग शालिक पुनः निर्माण गर्न लागिरहेको गर्छौं । ”

राप्रपा तनहुँका कार्यकर्ताहरुले विभिन्न कार्यक्रमहरुमा  आफ्नै खर्चबाट शालिकको निर्माण पुनः निर्माण गर्ने घोषणा गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?