आजदेखि कक्षा १२ का विद्यार्थीलाई कोरोना खोप दिइँदै

परीक्षाको तयारीमा रहेका कक्षा १२ का विद्यार्थीलाई आजदेखि व्यास नगरपालिकामा कोरानाविरुद्धको खोप लगाइने भएको छ।

कक्षा १२ को परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई  प्रवेशपत्रको आधारमा व्यास नगरपालिकाको सभा हलमा खोप लगाउन लागिएको स्वास्थ्य शाखा अधिकृत प्रमोद सोतीले जानकारी दिए ।

उनका अनुसार १८ वर्षमाथिका कक्षा  १२ मा अध्ययनरत  विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा लगाउन लागिएको बताए । यो अभियान आज भदौ ५, भदौ ७ र भदौ ८ गते  तीन दिन सम्म चल्ने छ।

त्यसैगरी सीमा नाकामा प्रवेश विन्दुहरुबाट नेपाल प्रवेश गर्ने १८ वर्ष पूरा भएका नागरिकहरु  र यस अघि प्राथमिकतामा परी छुट भएका नागरिकहरुको लागि पनि खोप लगाइने भएको छ।

हेर्नुहोस् सूचना :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?