
तनहुँमा जारी निषेधाज्ञा फेरी थप गरिएको छ।सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को बैठकले भदौ १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।तनहुँमा कोभिड –१९ को जोखिम कायमै रहेको र जोखिम कमी नभएको अवस्थालाई मध्यनगर गर्दै निषेधाज्ञा थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
उनका अनुसार खाद्यान्न तरकारी, फलफुल, माछा र मासु लगायतका अत्यावश्यक सेवा तथा वस्तु बिहान ५ बजेदेखि ११बजे सम्म खुल्नेछन् ।यसअघि ती व्यवसायहरुलाई १०बजेसम्म मात्र खोल्न अनुमति दिइएको थियो । त्यस्तै अन्य खोल्न अनुमति दिइएका सेवा तथा व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म खुल्दै आएकामा अब १२ बजेदेखि ६ बजेसम्म खुल्ने निर्णय भएको बताए । सार्वजनिक तथा निजी सवारी साधनलाई जोर बिजोर लागु गरिएको छ ।जोर दिन जोर नम्बर र बिजोर दिन बिजोर नम्बरका सवारी साधनहरु बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनको अनुमति दिइएको छ ।
जारी आदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?