अमर सिंह विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गंगा बहादुर घर्ती

व्यास नगरपालिका वडा न ११ अमरसिंह माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ । विद्यालय प्राङ्गणमा मंगलबार बसेको अभिभावक भेलाले सर्वसम्मत रुपमा गंगा बहादुर घर्तीलाई अध्यक्षमा चयन गरेको छ । उक्त समितिको नयाँ सदस्यहरुमा बिमला बिक,मनिषा राना, रत्न बहादुर चेपाङ्ग, ज्ञानाभक्त थापा,अमृत बि.क,हेरम्बजंग आधिकारी, दल बहादुर थापा र बाबुराम वाग्ले चयन भएको अमरसिंह माध्यमिक बिद्यालयका शिक्षक प्रतिनीधि दल बहादुर थापाले दमौली अनलाइनलाई जानकरी दिए ।

थापाको अनुसार आजै बसेको अभिभावक भेलाले शिक्षक अभिभावक सघंको पनि सर्वसम्मत रुपमा पदम बहादुर मश्रङगीलाई अध्यक्ष चयन गरेको छ । तेस्तै सदस्यहरुमा कमला चेपाङ्ग रेखा श्रेष्ठ, मनासिंङ गौतम, दल बहादुर कार्की , भरत श्रेष्ठ, बिनोद रम्तेल, बिष्णु बहादुर मास्की र बाबुराज वाग्ले चयन भएको समेत जानकरी दिए ।व्यास नगरपालिका वडा न .११ का वडा प्रतिनिधि हेरम्ब जंग अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नया निर्बाचित सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै अबको कार्य समिति युवा पुस्ताले समहल्ने भएको मा खुसी ब्यक्त गरेका थिए । “नया निर्बाचित समितिले बिधालय लाई अझै नया कार्यशैलीमा अगाडि बधाउने छ भन्ने आसा राखेको छु” उने भने  । बिद्यालयमा आफुले सकेको सहयोग गर्ने पनि प्रतिबद्धता समेत गरेका छन् ।  कार्यक्रममा पुर्ब प्रअ श्याम कुमार श्रेष्ठ ,पुर्ब बि ब्या स अध्यक्ष सन्जयकुमार श्रेष्ठले , बिद्यालय का प्रअ बाबुराज वाग्ले , सा. प्र अ तिलक खड्काले  नयाँ कार्य समितिलाई बधाइ तथा शुभकामना पनि दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?