दुई दिन लगातार उच्च अङ्कले घटेको शेयर बजार आज बिहीवार भने बढेको छ ।नेप्से आज १७ दशमलव ५७ अङ्कले बढेर तीन हजार ९४ दशमलव शून्य एक विन्दुमा पुगेको छ । बुधबार १३ अर्ब पनि नपुगेकोमा बिहीबार १३ अर्ब ४२ करोड रुपैयाँ बढेको छ ।
आज जलविद्युत् समूहको शेयर एक सय ६९ अङ्कले, विकास बैंकको शेयर दुई सय ४१ अङ्कले, फाइनान्सको एक सय २०, माइक्रोफाइनान्सको ३७ र होटल समूहको शेयर साढे ११ अङ्कले बढेको छ । बैंक, व्यापार, बीमा, अन्य र लगानी समूहको शेयर भने घटेको छ ।
आज कर्पोरेट र नारायणी विकास बैंक, श्री इन्भेस्टमेन्ट फाइनान्स, अरुण भ्याली हाइड्रो, आँखुखोला जलविद्युत्, घलेम्दी हाइड्रो, खानीखोला हाइड्रो, जीवन विकास लघुवित्त र गुहेश्वरी मर्चेन्ट बैंकको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?