शेयर बजार आज पनि बढ्याे, ४ अर्बभन्दा धेरैकाे काराेबार

शेयर बजार आज पनि बढेको छ । हिजो उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ७८ अङ्कले बढेर २ हजार ६६१ दशमलव ७१ विन्दुमा पुगेको छ ।

आज बैंक, फाइनान्स, जीवन बीमा, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको सूचक घटेको छ । आज बैंक समूहको सूचक २ प्रतिशतले उकालो लागेको छ ।

आज १०९ वटा कम्पनीको शेयर बढेकोमा १५३ वटाको घटेको छ । यस्तै १३ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज अपर लोहोरे खोला हाइड्रोपावर, कलङ्गा हाइड्रो, स्नो रिभर्स, सानीगड हाइड्रोको शेयर १५ प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन एनआईसी एशिया डिबेन्चरको शेयर साढे १० प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ३५९ वटा कम्पनीका ८९ लाख ६४ हजार कित्ता शेयर ४ अर्ब ११ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?