काठमाडौँ । नेपालमा जुन महिनामा विदेशी पर्यटकको अगामन ९१ हजार रहेको छ । गत बर्षको जुनमा नेपाल आउने विदेशी पर्यटकको संख्या ७६ हजार ४२५ रहेकोमा यस बर्षको जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
यस बर्षको जुनमा कुल ९१ हजार ३६३ विदेशी पर्यटक आएका छन् । कोभिड शुरु हुनु अघि २०१९ को जुनमा यो संख्या ७४ हजार ८८३ रहेको थियो ।
जुन महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतबाट नेपाल आएका छन् । भारतबाट जुनमा ४१ हजार ८०९ जना अर्थात ४५.७६ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै जुनमा अमेरिकाबाट दोस्रो धेरै ११ हजार ८३६ पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ ।
त्यसैगरी चीनबाट ९ हजार ९९५, बंगलादेशबाट ४ हजार ३२२ जना, अस्ट्रेलियाबाट २ हजार ८९६ जना, बेलायतबाट २५ सय जना र मलेसियाबाट १५९८ पर्यटक जुन महिनामा नेपाल आएका छन् ।
पर्यटन बोर्डका अनुसार सार्क देशबाट कुल ४८ हजार २५४, एशियाका अन्य देशबाट १६ हजार १५२ जना, युरोपबाट ६ हजार ९५४ जना, अमेरिका क्षेत्रबाट १३ हजार ११९ जना, ओसिनियाबाट ३ हजार ९० जना जुन महिनामा नेपाल आएका छन् ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?