दमौली : तनहुँ जलविद्युत आयोजनाबाट प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा रहेको पराशर माध्यमिक विद्यालय नयाँ भवन निर्माणको लागि शिलान्यास गरेको गरिएको छ । सामाजिक विकास कार्यक्रम अन्तर्गत आयोजना उक्त विद्यालयको नयाँ भवन निर्माण गरिदिन लागेको हो ।
श्रीपञ्चमीको दिन भवनको शिलान्यास गर्दै व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले नयाँ भवनले पाटन क्षेत्रको पिछडिएका आदिवासी वर्ग तथा जनजाति का बालबालिकाहरुलाई गुणस्तरीय शिक्षाबाट लाभान्वित बनाउन सहज हुने बताए।
तनहुँ हाइड्रोपावरले बनाएको सडकको ट्रयाक ले वर्तमान विद्यालय भएको ठाउँलाई निकै नै असुरक्षित एवं साहु बनाएको हुँदा तनहुँ हाइड्रो पावरले आफ्नो सामाजिक उत्तरदायित्वको जिम्मेवारीको रुपमा उक्त भवनलाई सहयोग गरेको बताए ।
साथै कार्यक्रमम वडा अध्यक्षविष्णुकुमार श्रेष्ठ ,निवर्तमान वडाध्यक्षमा मोहन कुमार श्रेष्ठ, तनहुँ हाइड्रोपावर आयोजनाका म्यानेजर राजभाइ शिल्पकार, बाल मन्दिर माध्यमिक विद्यालयका प्रअ राजेन्द्र प्रसाद खनाल लगायतका वक्ताहरुले भवनको पाटन क्षेत्रमा शैक्षिक गुणस्तरलाई अगाडि वढाउन थप योगदान गर्ने कुरा राख्दै समयमा नै भवनको कार्य सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए ।
व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा आयोजनाले खर्च गरी उक्त विद्यालयको दुई तलाको आठ कोठाको भवन निर्माण गर्न लागेको विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले बताए ।
कूल रु.एक करोड ३८ लाख २४ हजारको लागतमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको उनको भनाई थियो।
उक्त कार्यक्रममा वडा सदस्यहरु, तनहुँ हाइड्रोपावर कर्मचारीहरु, पाटन क्षेत्रका टोल विकास संस्थाका अध्यक्ष एवम् पदाधिकारी, युवा क्लवका अध्यक्ष एवं प्रतिनिधीहरु, सामुदायिक बनका अध्यक्ष एवं प्रतिनिधि, खानेपानी उपभोक्ता समितिका अध्यक्ष एवं प्रतिनिधि,विद्यालय ब्यवस्थापन समिति एवं शिक्षक अभिभावक सङ्घका पदाधिकारी, पूर्व विद्यार्थी मञ्चका अध्यक्षसाथै विद्यालयका शिक्षक एवं विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
विद्यालय भवनको निर्माण १८ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उषा क्षेत्रीको सभापतित्वमा संचालित उक्त कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिहरुलाई विद्यालयका निवर्तमान प्र अ एबम् भवन निर्माण समितिका संयोजकसमेत रहेका बेनी पाटन टोल विकास संस्थाका अध्यक्ष हेम पौडेलले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?