आदिकवि क्याम्पसको क्याम्पस प्रमुखमा पुनः हड्खले

दमौली : तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको क्याम्पस प्रमुखमा पुनः महाप्रसाद हड्खले नियुक्त भएका छन्। क्याम्पस व्यवस्थापन समितिको बैठकले उनलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो।

क्याम्पस प्रमुख हड्खलेको गत साउन मै समयावधि सके पनि संचालक समितिले थप ६ महिनाको लागि उनलाई नै प्रमुख जिम्मेवारी दिएका थिए।६ महिने कार्यावधि सकेपछि प्रमुखको पद रिक्त थियो।

आदिकवि भानुभक्त क्याम्पसमा क्याम्पस प्रमुखका लागि हालका निवर्तमान क्याम्पस प्रमुख महाप्रसाद हड्खले र पूर्व सहायक क्याम्पस प्रमुख आत्माराम वास्तोलाको दरखास्त परेको थियो ।

क्याम्पसमा व्यवस्थापन विषयमा कक्षा ११/१२, स्नातक तहमा बिबिएस र बिबिए र स्नातकोत्तर तहमा एमबिएस पढाइ हुँदै आइरहेको छ ।

हाल क्याम्पसमा करिब तीन हजार एक सय विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये ९० प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् भने १८ प्रतिशत विद्यार्थी दलित र ७० प्रतिशत विद्यार्थी विपन्न वर्गका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?