दमौली : तनहुँको बन्दीपुर गाउँपालिकामा आफ्नै छोरा र बुहारी मिलेर ८४ वर्षीया वृद्धा आमाको हत्या गरेर सुटुक्क गाई गोठमा लगेर जलाएको खुलेको छ ।
बन्दीपुर गाउँपालिका -३ सेराटारका ४७ वर्षीय राज कुमार सार्कीले आफ्नो श्रीमती सुशिला मजाकोटी संग मिलेर आमाको आफ्नी ८४ वर्षीया आमा माया सर्किनीको हत्या गरेर गाई गोठमा लगेर जलाएको खुलेको हो ।
तनहुँ प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणका अनुसार घाउँचोट लागी मृत अवस्थामा रहेको र गाई गोठमा आगो लगाई गोठ पुर्ण रुपमा जली नष्ट भई गाई समेत जलेर मृत अबस्थामा रहेको जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा छोराबुहारीले कर्तव्य गरी मारेको खुलेपछि दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक खाँणले वताए ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?