काठमाडाैँ : यातायात मजदुरले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्द फिर्ता लिएका छन् । सरकारसँग भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।
बन्दका कारण काठमाडाैँमा सार्वजनिक यातायातका साधन फाट्टफुट्ट मात्र चलेका थिए । जसका कारण सर्वसाधारणलाई समस्या भएको थियो ।
यातायात मजदुरहरुले बढाइएको ट्राफिक प्रहरीको जरिवाना खारेज गर्नुपर्ने लगायत माग राखेर सोमबारदेखि आन्दोलन गरेका थिए । सोमबार बालाजु माछापोखरी क्षेत्रमा आगजनी र झडप हुँदा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?