गोरखामा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु

गोरखा : जंगलमा घाँस काट्न जाने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ।

गोरखा जिल्ला शहिदलखन गाउँपालिका -१ गैरीगाँउ बस्ने ४० वर्षीया मिन माया थापा मगरको लडेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार दिउँसो अन्दाजी ३:२० बजेको समयमा घर नजिकै धुर्सेपानी जंगलमा घाँस काट्न जाने क्रममा झन्डै ५० मिटर माथि भीरबाट लडेर उनको मृत्यु भएको हो।

घटनाको जानकारी पश्चात खटिएको प्रहरीको टोलीले शवको मुचुल्का उठाई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?