आँबुखैरेनीबाट ७ किलो गाँजासहित दुई जना पक्राउ

दमौली : पृथ्वी राजमार्ग सडक खण्ड अन्तर्गत तनहुँको तनहुँ आँबुखैरेनी गाउँपालिका-४ बेनिटारवाट बुधवार लागु औषध गाजा सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ  पर्नेमा पर्वतको मोदी गाउँपालिक- ८ का २९ वर्षीय दिवश गुरुङ र सोहि ठाउँका २४ वर्षीय बिशाल सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ  ।

गोरखा घ्याचोबाट मुग्लिन हुदै पोखरा तर्फआउदै गरेको ग १३ प ६३६४ न. को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी सवार झोलाभित्र लुकाएर ल्याएको चालक ७ किलो ५ सय ग्राम गाँजा सहित दुइ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए   ।

तनहूँ जिल्ला अदालतबाट सवारी सहित दुईजनालाई  ८ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?