दमौली : तनहुँको बन्दिपुरमा गाउँपालिका स्तरीय प्रथम अध्यक्ष कप २०७९ फुटवल तथा भलिवल प्रतियोगिता सुरु भएको छ । बन्दिपुर गाउँपालिकाको आयोजनामा वडा न. ४ भुमर्सेमा प्रथम अध्यक्ष कप २०७९ फुटवल तथा भलिवल प्रतियोगिता शुक्रबार देखि सुरु भएको हो ।
अध्यक्ष कपको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले खेलको उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले खेलकुदले क्षमता उजागर गर्नुका साथै शारिरिक मानिसक तथा सामाजिक विकासमा महत्वपुर्ण योगदान पुग्ने विश्वास ब्यक्त गरे ।
बन्दिपुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माको अध्यक्षतामा सुरु भएको खेलको प्रमुख अतिथि बन्दिपुर गाँउपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा रहेका थिए।
यस्तै उपाध्यक्ष पंचमायाँ गुरुङ ,वडा नं. १ का अध्यक्ष एवं प्रवक्ता शिवकुमार श्रेष्ठ, वडा नं २ का वडा अध्यक्ष सुशील कुवँर वडा नं ३ का वडा अध्यक्ष परमेश्वर भट्टराई, वडा नं ४ का वडा अध्यक्ष दान बहादुर थापा, वडा नं ५ का वडा अध्यक्ष ध्रुव लामिछाने, वडा नं ६ का वडा अध्यक्ष बल बहादुर गुरुङ्ग, लगायतका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनधि सुरक्षा निकायका प्रतनिधि गाउँपालिका का कर्मचारी लगायत विभिन्न व्यक्ति हरुको उपस्थिती रहेको थियो ।
शुक्रबार भएको उद्धघाटन खेल अन्तर्गत फुटवल तर्फ वडा नं ४ (ए) र वडा नं २ (बि) विच भएको खेलमा वडा नं ४ (ए) २-० ले विजयी भएको छ । वडा नं ४ (ए) बाट खेलाडी राम थापाले २ गोल प्रहार गरेका थिए । उनी खेलको म्यान अफ दि म्याच भएका छन् ।
यस्तै वडा नं १ (सी) र वडा नं ५ (ए) विच भएको खेलमा वडा नं ५ (ए) १-० ले विजयी भएको छ । खेलको म्यान अफ दि म्याच विशाल गुरुङ भएका छन् ।
यसैगरी भलीवल तर्फ भएको खेलमा वडा नं २ (ए) र वडा नं ३ (बी) विच भएको खेलमा वडा नं २ (ए) विजयी भएको छ । खेलको म्यान अफ दि म्याच विशाल थापा भएका छन् ।
यसैगरी शनिबार हुने खेलहरूमा भलिवल तर्फ पहिलो खेल वडा नं १(ए) र वडा नं २ (सी) विच हुनेछ । दोश्रो खेल वडा नं २ (ए) र वडा नं ३ (बि) विच हुनेछ । तेश्रो खेल वडा नं ३ (सी) र वडा नं ६ (बी) विच हुनेछ ।
यसैगरी चौथो खेल प्रथम खेलको विजेता टीम र वडा नं १ (बी) विच हुनेछ । त्यस्तै अर्को खेल वडा नं ५ (ए) र दोश्रो खेल विजेता टीम बीच र भलीवल तर्फको अन्तिम खेल वडा ४ (ए) र वडा नं ६ (ए) विच हुनेछ ।
यस्तै शनिबार नै हुने फुटबल तर्फकाे पहिलो खेल वडा नं १ (ए) र वडा नं ४ (सी) विच हुनेछ । दोश्रो खेल वडा नं ३ ए र वडा नं ३ (बि) विच हुनेछ । तेश्रो खेल वडा नं ५ (बि) र वडा नं ६ (ए) विच हुनेछ । चौथो खेल वडा नं २ (सि) र वडा नं ४ (वि) विच हुनेछ ।
यसैगरी पाँचौ खेल प्रथम खेलको विजेता टीम र वडा नं (१) बी विच हुनेछ । त्यस्तै अर्को खेल वडा नं २ (ए) र दोश्रो खेल विजेता टीम बीच र फुटबल तर्फको अन्तिम खेल वडा ५ (ए) र तेश्रो खेल विजेता टीम विच हुने खेल संयोजक रवि श्रेष्ठले बताए
।
प्रतियोगितमा दुबै खेल तर्फ प्रथम पुरस्कार रु ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, द्धितिय पुरस्कार रु २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र र तृतिय हुनेलाइ रु १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र र सान्तवना पुरस्कार रु ५ हजार प्रदान गरिने छ ।
प्रतियोगितमा हरेक वडा बाट दुबै खेलमा ३।३ वटा टिमले सहभागीता जनाएका छन। प्रतियोगिता यहि फागुन १५ गतेसम्म सन्चालन हुने गाउँपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?