
ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकाले भोलि फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ४१ औ मगर दिवसका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।
सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहनेछन् ।
यसअघि जिल्लाका म्याग्दे र देवघाट गाउँपालिकाले पनि फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?