बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाले पनि भोलि फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
४१ औ मगर एकता दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिने आइतवार निर्णय गरेको गाउँपालिकाका प्रशासकीयअधिकृत नन्द लाल शर्माले जानकारी दिए ।
सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहनेछन् । यसअघि जिल्लाका म्याग्दे, ऋषिङ र देवघाट गाउँपालिकाले पनि फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?