
दमौली : तनहुँको म्याग्दे गाँउपालिकाको आयोजनामा निशुल्क आँखा शिविर को दोश्रो दिन ५३६ जनाको आँखाको परिक्षण गरिएको छ ।हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गाँउपालिका र श्री सुर्य नेपाल प्रा.लि.तथा तनहुँ हाईड्रो पावर नेपालको आर्थिक सहयोगमा निशुल्क आँखा शिविर संचालन भएको हो ।
शिविरको दोश्रो दिन भएको ५३६ जनाको आँखाको परिक्षण मध्ये महिला ३२५ जना र पुरुष २११ जनाको आँखाको परिक्षण गरिएको हो । उपचारको क्रममा १९ जना स्थानियको आँखामा जलविन्दु र मोतिविन्दु भएको पाईएको छ ।
निजहरुको जलविन्दु र मोतिविन्दुको निशुल्क उपचारका लागी हिमालय आँखा अस्पताल पोखरा रिफर गरिएको छ । यसैगरि शिविरमा ५३६ जनालाई विभिन्न आँखा सम्वन्धि औषधी समेत वितरण गरिएको छ । सोही शिविरको अवसरमा चौथोे चरणको कोभिड खोप २४७ जनालाई लगाईएको छ भने जसमा महिला १३६ जना रहेका छन् भने पुरुष १११ जना रहेको छन् ।
यसैगरि ६ डोज वुस्टर खोप लगाउनेमा पुरुष ३६ जना र ४६ जना महिला रहेको स्वास्थ्य शाखाका प्रमुख तिलक घिमिरेले वताए । शिविरमा आँखाको समान्य परिक्षण, उमेरका कारण नजिक नदेख्ने समस्या भएकाहरुको उपचार, मोतिविन्दु भएको ज्येष्ठ नागरिक विरामीको पहिचान र रिफर गरिएको छ ।
म्याग्दे गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले निशुल्क आँखा शिविरवाट जनता लाभान्वित भएको वताए। अव तत्काल केही समय पछि पुन निशुल्क दाँत शिविर संचालन गर्ने तैयारी भईरहेको समेत उनले वताए । ३ दिन सम्म चल्ने निशुल्क आँखा शिविर १६ गते जामुने स्वास्थ्य चौकी जामुनेमा हुनेछ ।
आइतवारबाट सुरु भएको आँखाको परिक्षणमा पहिलो दिन २०५ जना सेवाग्राहीेले आँखाको परिक्षण गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?